कोरोना भाइरसबाट इटालीमा १४८ को मृत्यु

एजेन्सी

काठमाडाै‌ं

इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ। 

इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ। यो समेतगरी यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको हो।

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ। इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ। सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ। 

उता संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा पनि यस प्राणघातक कोरोना जीवाणु ९भाइरस०का कारण एक व्यक्तिको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको अर्को एक समाचारमा जनाइएको छ। 

विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० भन्दाबढी हजार चीनमा रहेको बिबिसीले जनाएको छ। गत डिसेम्बरको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको यस कोरोना भाइरस सक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ। 

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४३ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी छ हजार ५९३ जनामा कोरोना सङ्क्रमण देखिएको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ। 

जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गर्नु भएको छ। 
 

प्रकाशित मिति: : 2020-03-07 06:39:24

प्रतिकृया दिनुहोस्