कोरोनाबाट जाेगिन सन्नीले लिन मानिनन् सेल्फी

भारतको राजधानी नयाँ दिल्लीमा नोवेल कोरोना अर्थात कोभिड–१९ भाइरसको संक्रमित भेटिएपछि हंगामा मच्चिएको छ। अहिले दिल्ली आसपासका केही स्कुल बन्द गरिउको छ भो केही बन्द हुने तरखरमा रहेको छ। 

यता कोरोनाकै कारण मध्य प्रदेशको इन्दौर र भोपालमा हुने अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी पुरस्कार (आईफा अवार्ड्स) स्थगित भएको छ। यसअघि मार्चको १९ देखि २१ सम्म हुने आईफा अवार्ड अनिश्चित कालसम्म स्थगित भएको हो।

यता बलिउड नायिका सन्नी लियोनीले कोरोनाको त्रासको कारण आफ्ना फ्यानसँग सेल्फी लिन अस्विकार गरेकी छिन्। 

सन्नीले सेल्फी लिन नमानेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। धेरैले उनलाई ट्रोल पनि गरेका छन्। कतिपयले सन्नीलाई घमण्डीको ट्याग समेत दिएका छन्।

तर, सन्नी आफू कोरोनाबाट सुरक्षित रहन सेल्फी अस्विकार गरेको बोलेकी छिन्। उनले भनेकी छिन्, ‘मलाई कोरोनाबाट संक्रमित हुनु छैन। त्यसैले मैले सेल्फी आस्विकार गरेको हुँ।’

सन्नीले आफू कोरोनाबाट सुरक्षित रहने प्रयास गरिरहेको र अन्यलाई कोरोनाबाट सुरक्षित रहन आग्रह गरेकी छिन्। उनले भनिन्, ‘तपाईहरु पनि भिडभाडबाट टाढा रहनुस्। सबैभन्दा महत्वपूर्ण भनेको तपाईको स्वास्थ्य नै हो।’
 

प्रकाशित मिति: : 2020-03-07 04:20:56

प्रतिकृया दिनुहोस्