‘सँगै खाने साथीले कामी भन्ने थाहा पाएपछि मलाई बाहिरै राखे’

तस्बिर: नारायण खड्का

दाङको बबई गाउँपालिका-३ हंसपुरका २८ वर्षीय खिमबहादुर कामी जेसिबी अपरेटरको काम गर्छन्। जेसिबी चालक भएकाले केही समयअघि उनी झापा गएका थिए। उनको थर नखुल्दासम्म त्यहाँ उनलाई अरूजस्तै व्यवहार भयो।

काम गर्दै जाँदा केहीले उनको नागरिकतामा ‘कामी’ लेखेको देखे। त्यसपछि उनले भेदभाव भोग्न थाले। ‘सँगै काम गर्ने मेरो सहचालकलाई पहिला घरभित्र लगेर खाना खुवाउँथे, जात थाहा पाएपछि मलाई बाहिरै राखेर उनी भित्र खाना खान थाले,’ खिमबहादुरले सेतोपाटीसँग भने, ‘अर्को दिनदेखि म काममै गइनँ।’

बबई-३ का ३२ बर्षीय पूर्णबहादुर कामीले जातकै कारण अपमानित हुनु परेपछि झोक चलेर नागरिकतामा भएको कामी केरमेटर गरे। दलामी बनाए...

प्रकाशित मिति: : 2019-03-31 21:04:15

प्रतिकृया दिनुहोस्