भारतीय राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाए

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

आइतबार नेपाल आइपुगेका राजदूत क्वात्राले बिहीबार राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए। फ्रान्सबाट फर्किए लगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि राजदूत नियुक्त गरेका हुन्।
 

प्रकाशित मिति: : 2020-03-06 05:07:33

प्रतिकृया दिनुहोस्