होली मनाउने कारवाही गरिने

पर्साको पोखरीया नगरपालिकाले होली खेल्नेलाई कारवाही गर्ने भएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन होली रोक्न लागिएको हो। 

नगरप्रमुख दिपनारायण रौनियाका अनुसार आ–आफनै घरघरमा मनाउन र बाहिर निस्केर जथाभावी रङ्ग तथा पानी खेल्नेलाई कारवाही गर्ने निर्णय गरिएको छ। 
 
यता चिकित्सकहरुले कोरोना भाइरसबाट बँच्ने उपाय मध्ये मास्क प्रयोग गर्न सुझाव दिएपनि वीरगन्जमा अहिले मास्कको अभाव भएको गुनासो आएको छ ।

वीरगन्जको विभिन्न पसलदेखि लिएर सर्जिकल स्टोर्स र अस्पतालमा समेत मास्कको कृत्रिम अभाव सृजना भएको सर्वसाधारणको गुनासो छ ।

प्रकाशित मिति: : 2020-03-06 01:22:35

प्रतिकृया दिनुहोस्