मन्त्री अर्याल सवार विमान दुर्घटनाबाट जोगियो

बिएल संवाददाता

काठमाडाै‌ं

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सवार यति एअरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ। 

आज बिहान ८ः४५ बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान प्राविधिक कारणले उडेको १० मिनेटमै आपतकालीन अवतरण भएको हो।  

विमानमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको यति एअरलाइन्सले बताएको छ।

यसपछि अर्को विमान प्रयोग गरेर मन्त्री अर्याल पोखरातर्फ जाने तयारीमा रहेको उनकी प्रेस संयोजक देवीका घर्तीले बताइन्।

प्रकाशित मिति: : 2020-03-06 00:36:52

प्रतिकृया दिनुहोस्