पार्टीको सम्मेलनहरु स्थगित गर्ने कांग्रेसको निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख विपक्षी नेपाली कांग्रेसले पार्टीको भेला, सम्मेलन र सभाहरु स्थगित गरेको छ। 

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि जोखिम सामना गर्ने साझा अभियानमा सरकारलाई साथ दिने कांग्रेसले बताएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी पार्टी र भ्रातृ संघसंस्थाको सबै तहका ठूलो भेला, सम्मेलन र सभालगायतका कार्यक्रम अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् । तर क्रियाशील सदस्यता वितरण तथा नविकरण लगायतका १४औं महाधिवेशनको तयारी कामहरु भने जारी रहने उनले बताए।

कोरोना संक्रमणबारे सतर्कता र चेतना अभियान चलाइने समेत कांग्रेसले बताएको छ ।
 

प्रकाशित मिति: : 2020-03-05 05:10:59

प्रतिकृया दिनुहोस्