‘म ऋतिक रोशनको ठुलो फ्यान हुँ’

बिएल संवाददाता

काठमाडाै‌ं

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘थप्पड’ले चार दिनमा करिब १७ करोडको व्यापार गरेको छ।

तापसी पन्नुको मुख्य अभिनय रहेको चलचित्र ‘थप्पड’ले चार दिनमा १६ करोड ९२ लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आर्दशले ट्वीट गरेर जानकारी दिएका छन्।

अहिले तापसीको कामलाई धेरैले रुचाएका छन्।  यस्तैमा, तापसीले आफूलाई ऋतिक रोशनसँग काम गर्ने मन भएको बोलेकी छिन्। उनले एक टिभी शोमा अन्तरवार्ता दिने क्रममा ऋतिकसँग काम गर्ने मन भएको बोलेकी हुन्।

उनले भनेकी छिन्, ‘म ऋतिक रोशनको ठुलो फ्यान हुँ। केही वर्ष अगाडि नै मैले एक कार्यक्रममा उहाँलाई भेटेको थिए। त्यो बेला मैले सेल्फी खिचेको थिए। अब फेरी उहाँसँग सँगै काम गरेर सेल्फी लिने मन छ। अनि तुलना गर्नुछ, पहिले र अहिलेमा।’
 

प्रकाशित मिति: : 2020-03-05 01:12:16

प्रतिकृया दिनुहोस्