राष्ट्रियसभाका नयाँ १८ सांसदले लिए शपथ

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभाका निर्वाचित १८ सांसदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

संसदको ल्होत्से हलमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ गराएका हुन्।

राष्ट्रियसभाका १८ पद रिक्त हुने भएपछि यही माघ ९ गते निर्वाचन भएको थियो। 

नयाँ निर्वाचित भएका १८ जना सांसद मध्ये १६ जना सत्तारुढ नेकपाका छन्।यसबाहेक राजपाका २ जना उम्मेदवार निर्वाचित भएका हुन्।

नयाँ सांसदहरुमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ रहेका छन्।

यस्तै विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि बुधबार सांसदको शपथ लिएका हुन्।

१८ सांसद्को २ वर्षे कार्यकाल सकिएलगत्तै निर्वाचित सांसदहरूलाई शपथ गराइएको हो। मंगलबार बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका दुई, समाजवादीका एक र राष्ट्रपतिबाट मनोनित एक सांसद थिए।


 

प्रकाशित मिति: : 2020-03-05 00:46:59

प्रतिकृया दिनुहोस्