जिल्ला प्रहरी कार्यालय रौतहटले १ लाख ६७ हजार २ सय ७० बरावरको समाग्री पक्राउ गरी भन्सार चलान गरेको छ।
जिल्लाको सिमा नाकाबाट हुने भन्सार छली अबैध चोरी निकासी, पैठारी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत गत आइतबार उक्त परिमाण वरावरको समाग्री पक्राउ गरेको हो।
रौतहट गौर नगरपालिका वडा नं। २ महादेवपट्टीस्थित भारतबाट भन्सार छली गरी ल्याएको सुतीको साडी, बच्चाहरुको रेडीमेड सर्ट, थान कपडाहरु, लेडिज फ्रक, सिलक साडी, गम्छा, खैनी र होलीको कुर्तालगायतका बिभिन्न सर सामानहरु वेवारिसे अवस्थामा पक्राउ गरिएको थियो।
आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।