ट्राफिक प्रहरीलाई ५ सय घुस दिन खाेज्ने दुईजना पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही बसका चालक उदयपुर घर भई काठमाडौं सुनधारा बस्ने वीरधन राई र सहचालक नविन राई रहेका छन्। 

ललितपुरको सानेपामा बा १ ख ६९५२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा घुस दिन खोजेपछि उनीहरुलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो। 

उनीहरुले ट्राफिक प्रहरीलाई नगद रू ५ सय  दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए। नगद सहित निजहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2020-03-04 04:49:43

प्रतिकृया दिनुहोस्