पर्साको पोखरीया नगरपालिका वडा नम्बर ४ पोखरीया, टोलमा पोखरीमा एक बालकको डुबेर मृत्यु भएको छ।
स्थानिय राजेश चौहानका डेढ बर्षिय छोरा बिकाश चौहानको मंगलबार बिहान ८ बजे तिर घर नजिकै रहेको पोखरीको डिलमा खेली रहेका बेला अचानक पोखरीमा डुबेर घाइते भएका थिए।
घाइते बालक लाई उपचारको लागी बिरगंज हेल्थ केयर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्रकुमार सिंहले जानकारी दिए।