अफगानिस्तानको पूर्वी प्रान्तमा ड्रोन आक्रमण, १८ सर्वसाधारणको मृत्यु

सांकेतिक तस्बिर

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताए। आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: : 2019-09-20 15:35:08

प्रतिकृया दिनुहोस्