अस्पतालमै आठ महिना बन्धक : पैसा खोज्‍न गएका बुवा फर्किएनन्, दाजुले गरे आत्महत्या

 किशोर बुढाथोकी

उपचार गराएको पैसा तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होममा बन्धक बनाइएका युवाको साढे ८ महिनापछि सोमबार उद्धार गरिएको छ । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेललाई प्रदेश १ की सांसद पदमकुमारी गुरुङको पहलमा र धरान- संखुवासभा सरोकार समाजको अगुवाईमा उद्धार गर्दै अस्पतालबाट बाहिर निकालिएको हो ।

उपचारवापत लागेको खर्च बुझाउँदै जीवनलाई उद्धार गर्नका लागि सरोकार समाजका प्रतिनिधि विराट नर्सिङ होम आएका थिए।उनको उपचारमा लागेको सात लाख ९७ हजार मध्ये पाँच लाख रुपैयाँ सहयोग संकलन गरेर अस्पताललाई बुझाइएको समाजका अध्यक्ष मिक्मा भोटेले बताए । 

प्रकाशित मिति: : 2020-03-03 05:42:29

प्रतिकृया दिनुहोस्