किन पिउने अदुवा चिया? जान्नुहोस् कारण

चिया त सबैले नै पिउने गर्छन्। किनकी अधिकांश जसो व्यक्तिहरुको दिनको सुरुवात चियाकै चुस्कीबाट हुने गर्छ। यदी दिनमा एक पटक पनि चिया नपिउने हो भने दिनै खल्लो पनि हुने गर्छ। सायदै होलान् त्यस्ता व्यक्ति जो चिया पिउन नरुचाउने त। तर पिउने सबै किसिमका चिया स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भन्ने छैन्। त्यसैले स्वास्थ्यलाई ध्यानमा राखेर चिया पिउने हो भने अदुवा चिया पिउनु उचित रहन्छ। त्यसैले आउनुहोस् चर्चा गरौं। अदुवा चिया पिउनाले पुग्ने फाइदाबारे। जसलाई तल दिइएको छ।

  • यदी अदुवा चिया पिउने गरेमा यसले छालालाई सफा चमकदार बनाउनका साथै चाउरी हुनबाट बचाएर जवान देखाउनसमेत मदत गर्दछ। त्यसैले यसको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक साबित हुन्छ।
  • के तपाई आफ्नो वजन बढी भएर चिन्तित हुनुहुन्छ? यदी हुनु हुन्छ भने अदुवाको चियामा कागती मिसएर पिउने गर्नुहोस्। जसले गर्दा वजनलाई कम गर्दछ।
  • अदुवाको चिया पिउदा पाचक क्रियामा सुधार आउनका साथै खानालाई पचाउनका लागि पनि सहायता गर्दछ। त्यसैले अदुवा चियाको सेवन गर्नु स्वास्थ्यका लागि फाइदा रहन्छ।
  • यसले रक्त प्रवाहलाई सन्तुलित राखी रगतमा सुगरको मात्रा नियन्त्रण गर्नुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा कम गरी मुटुरोगको जोखिम कम गराउँछ। 
  • यदी तपाई कुनै किसिमको तनावमा हुनुहुन्छ भने प्निउ अदुवा चिया पिउने गर्नुहोस्। किनकी यसको सेवन गर्नाले तनावलाई कम गरी स्वास्थ्यमा फाइदा पुग्छ।
प्रकाशित मिति: : 2020-03-03 05:17:15

प्रतिकृया दिनुहोस्