क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि

क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

चीनको वुहानबाट उद्दार गरेर १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

‘नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो। अहिले पनि नेगेटिभ रिपोर्ट आएको छ। अब क्वारेन्टाइनमा बसेका सबै जना आआफ्नो घर जान सक्नु हुनेछ,’उनले भने।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरेको थियो। उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो।

प्रकाशित मिति: : 2020-03-03 04:18:47

प्रतिकृया दिनुहोस्