राष्ट्रिय फिल्म पुरस्कार विजेता फिल्म ‘टोइलेटः एक प्रेम कथा’ र ‘पेडम्यान’ की निर्देशिका प्रेरणा अरोडालाई मुम्बई उच्च अदालतले ६ महिनाको जेल सजाय निर्णय गरेको छ। उनीविरूद्ध अदालतको मानहानीको मुद्धा थियो। यसको फैसला सुनाउने क्रममा अदालतले सोमबार मुम्बईस्थित आजाद मैदान पुलिस चौकीमा आत्मसर्म्पण गर्न आदेश दिएको छ।
हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार प्रेरणाले मुम्बई उच्च अदालतको डिभिजन बेन्चले गरेको आदेशविरूद्ध निवेदन दिएकी थिइन। अदालतले अघिल्लो फैसलाका लागि २३ मार्चको समय निर्धारण गरेको छ।
उनीविरूद्ध जमानत नपाउने वारेन्ट जारी गरिएको छ र प्रहरीलाई निर्देशिकाले आत्मसम्र्पण नगरेको खण्डमा तत्काल समात्न आदेश दिएको छ।
प्रेरणाविरूद्ध झुटो बोलेर गुमराहमा राखेको मुद्धा पहिलेदेखि अदालतमा दायर थियो। उनले यसअघि पनि जेल सजाय भुक्तान गरिसकेकी छिन्। ८ महिनाको जेल सजायपछि उनलाई जमानत प्राप्त भएको थियो। जेलबाट फर्किएपछि उनले जीवन नयाँ ढंगले सुरु गर्ने बताएकी थिइन।
प्रेरणालाई ‘पेडम्यान’ र ‘केदारनाथ’ फिल्मका लागि वासु भगनानीबाट पैसा उधारो लिएको र नतिरेको आरोप लागेको थियो। उनीविरूद्ध ३१ दशमलव ६० करोड रुपैयाँ ‘फ्रड’ गरेको आरोप थियो। उनलाई मुम्बई इकोनोमिक अफेयर्स विङले समातेको थियो। उनले अनुष्का शर्माको फिल्म ‘परी’ लाई पनि निर्देशन दिएकी थिइन।