चीनमा कोरोना सङ्क्रमणपछि घर फर्किने विरामीको दर ५२.१ प्रतिशत

बिएल संवाददाता

काठमाडाै‌ं,

चीनमा नयाँ कोरोना भाइरस सङ्क्रमित विरामी निको भएर घर फर्किने दर ५२.१ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार बेइजिङमा एक पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमण र निको भएर घर फर्किने विरामीबारे पछिल्लो जानकारी गराएका हुन्।

खासगरी कोरोना सङ्क्रमणबाट बढी प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानबाट पनि पछिल्ला दिनमा निको भएर फर्किने दर बढेको उनको भनाइ छ ।

उनले पछिल्ला केही दिनमा नयाँ सङ्क्रमित विरामीको सङ्ख्या क्रमशः कम हुँदै गएपछि यहाँका मानिसहरू काममा फर्किने क्रम पनि बढ्दै गए पनि अझै चीनबाहिर देखिएको बढ्दो सङ्क्रमणको दरसँगै तत्काल बन्द भएका उद्योग, विद्यालय तथा अन्य संस्थाहरूलाई तत्काल खुला गर्न खतराको अझै निर्णय नलिएको बताए। 

यद्यपि चीनले विभिन्न क्षेत्रमा फरक फरक उपायको अवलम्वन गर्दै सङ्क्रमणलाई फैलिनबाट रोक्ने प्रयासहरूलाई निरन्तरता दिइरहेको उनले बताए।
 

प्रकाशित मिति: : 2020-03-02 20:29:32

प्रतिकृया दिनुहोस्