ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको पाँचौ शृंखलामा हामीले बिजी बी क्याफेलाई प्रस्तुत गरेका छौ।


  ब्राण्ड स्टोरी-५ 

विगत ३० वर्षदेखि पोखरामा सञ्चालित बिजी बि क्याफे पछिल्लो समय युवा पुस्ताको रोजाइमा पर्छ।

स्वदेशी होस् या विदेशी पोखरा पुगेपछि बिजी बी पुगेकै हुन्छन्। २०४५ सालमा सुरू गरेको यो क्याफेमा विदेशीकै बाहुल्यता छ। सुरूमा भोक लागेर खाना खान आउने क्याफेमा अहिले रमाइलो गर्ने युवा पुस्ता बढी आउँछन्।

सुरूवातदेखि नै स्तरीय सेवा प्रदान गर्दै आएको क्याफेमा पछिल्लो समय ७० प्रतिशत ग्राहक नेपाली छन्। यहाँको लाइभ म्यूजिक ग्राहकको पहिलो रोजाइमा पर्छ।

‘आफ्नो संघर्ष र मेहनतको कमाइ हो बिजी बि। यहाँ आएका कोही पनि ग्राहकले बोरिङ महसुस हुनुपर्दैन’, बिजी बि का प्रवन्ध निर्देशक ज्याक तामाङले बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै भने, ‘हरेक वर्ष नयाँ नयाँ स्वाद दिँदै आएको बिजी बीमा स्तरीय सेवा र सुविधा पाइन्छ। खाना पेय पदार्थ र मनोरञ्जनकै लागि ग्राहकहरू यहाँ आउँछन्।’

बिजी बी क्याफेको सञ्चालककै टिमले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रिर्सोटसमेत सञ्चालनमा ल्याएको छ।

करिब ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको रिसोर्टमा १० करोड रुपैयाँ लगानी गरेको अध्यक्ष ज्याक तामाङले बताए ।

३४ वटा फेमेली रूमसहित सञ्चालनमा आएको रिसोर्टमा स्विमिङ पुल, सेमिनार हल, स्पा, साउना, स्टिम, वार तथा रेस्टुरेन्टको समेत सुविधा छ । डिलक्स, सुपरडिलक्स, फेमिली र स्वीट रुम रिसोर्टमा उपलब्ध छन्।

बिजी बी का सफलता, संघर्ष र उतारचढावबारे बिएल ब्राण्ड स्टोरीमा यसरी खुलेका छन् तामाङ.......

ब्राण्ड स्टोरी -४ एपेक्स कलेज, जसले शिक्षा क्षेत्रमा नौलो प्रयोगको आँट गरेर सफल भयो

ब्राण्ड स्टोरी- ३ कर्मचार्य ग्रुप, गुणस्तरमा सम्झौता कहिलै गर्दैन

ब्राण्ड स्टोरी- २ ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

ब्राण्ड स्टोरी- १ ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

 

प्रकाशित मिति: : 2020-03-01 21:33:00

प्रतिकृया दिनुहोस्