अमेरिकी राष्ट्रपति उम्मेदवार बन्ने होडबाट टम स्टायरको ‘सेफल्यान्ड’

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार बन्ने होडमा रहेका अर्बपति टम स्टायरले आफ्नो चुनावी अभियान अन्त्य गरेका छन्। स्टायरले आउँदो नोभेम्बरमा हुने चुनावी होडबाट बाहिरिएको शनिबार घोषणा गरेका हुन्।

साउथ क्यारोलाइनमा भएको प्राइमरी ककसमा तेस्रो स्थानमा देखिएका टमले प्राइमरीको नतिजा आउँदै गर्दा चुनावी अभियान अन्त्य गरेको र आफू उम्मेदवार बन्ने होडबाट ‘सेफल्यान्ड’ लिएकाे उनले घोषणा गरेका हुन्।

टमले भनेका छन्, ‘जब भवानले ढोका बन्द गर्छन्, तर झ्याल खोलिदिन्छन्, मैले जुन कुराको वकालत गर्दै आएको छु त्यसलाई जारी राख्ने छु।’

उनले आफूले कसलाई समर्थन गर्ने भन्ने चाँडै तय गर्ने बताए। उनले उम्मेदवार बन्ने होडमा रहेका सबै राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा सयौँ गुणा उत्कृष्ट रहेको बताए। उनले भने, ‘यो तपाईहरुको अभियान हो, डेमोक्र्याटको अभियान हो। ट्रम्पलाई पराजित गर्ने अभियान हो।’

टम चुनावी होडबाट बाहिरिएपछि त्यसको फाइदा पूर्वउपराष्ट्रपति जो बाइडेनको अभियानमा पर्ने अमेरिकी सञ्चारमाध्यमले बताएका छन्।

प्रारम्भीक नतिजामा पूर्वउपराष्ट्रपति बाइडेनले यसअघिका तीन राज्यमा अग्र स्थानमा रहेका सिनेटर बर्नी सान्डर्सलाई फराकिलो अन्तरले पछि पारेका छन्। साउथ क्यारोलाइनाको जितले बाइडेनको चुनावी अभियानलाई अत्यावश्यक गति प्रदान गरेको छ।

 

 

प्रकाशित मिति: : 2020-03-01 21:28:27

प्रतिकृया दिनुहोस्