कोरोना भाइरसका कारण विश्वका धनी व्यक्तिलाई ४४४ बिलियन डलरको नोक्सानी

एजेन्सी

न्युयाेर्क

चीनबाट आधा विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव संसारका धनी व्यक्तिमा पनि पर्न थालेका छ। 

कोरोना भाइरसका कारण विश्व बजारमै ऐतिहासिक मन्दी आएको छ। यस्तो अवस्थामा विश्वका धनी व्यक्तिको कमाईंमा पनि प्रभाव पर्न थालेको हो। ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सले हालै सार्वजनिक गरेको पछिल्लो साताको रिपोर्ट अनुसार हाल विश्वको ५ सय धनी व्यक्तिको कूल आयमा ४ सय ४४ बिलियन डलरको कमि आएको छ। 

टप–३ बिलियनरको कूल आयमा ३० बिलियन डलरको कमि  

ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार तीन शीर्ष अरबपति अमेजन डट कमका संस्थापक जेफ बेजोस, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स र एलवीएमएचका अध्यक्ष बर्नार्ड अर्नाल्टको कूल आयमा ३० बिलयन डलरले कमि आएको छ। 

कोरोना भाइरसका कारण ८० प्रतिशतभन्दा बढी अर्बपति रातो घेरामा आएका छन्। जसको अर्थ हो, उनीहरू अर्बपतिबाट तल झर्ने अवस्थामा पुगेका छन्। 

जापानको फंसे क्रुज कम्पनी कार्निभल कर्पोरेशनका अध्यक्ष मिकी एरिसनको कूल आय पछिल्लो एक सातामा १ विलियन डलरले घटेको छ। यो जहाजमा कोरोना भाइरसका कारण पाँच जनाको ज्यान गएको थियो। 

प्रकाशित मिति: : 2020-03-01 10:47:25

प्रतिकृया दिनुहोस्