पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन : नेता खनाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन्। 

विदुरमा शनिबार प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताए।

पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन।’

 पार्टी एकतामा कुनै आँच आउन नदिने बताउँदै नेता खनाल भने, ‘पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र हो।’

पार्टी एक ढिक्का भएर अघि बढ्ने उनको भनाइ छ। ‘पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन’, उनले भने।

प्रकाशित मिति: : 2020-03-01 06:17:25

प्रतिकृया दिनुहोस्