नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछाने टि–२० मा सय विकेट लिने पहिलो नेपाली खेलाडी बन्न पुगेका छन्। तर, यो उनले अन्तर्राष्ट्रियमा मात्र नभई, फ्रेन्चाईज क्रिकेटमा समेत जोडेर पुरा गरेका हुन्।
थाइल्यान्डमा शनिबारदेखि सुरु भएको टि–२० ईस्टर्न रिजनअन्तर्गत मलेसियाविरूद्ध विकेट लिएपछि सन्दीपले विकटको सतक पुरा गरेका हुन्। उनले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए।
सन्दीपको अन्तर्राष्ट्रियमा ३१ विकेट पुरा भएको छ। फ्रेन्चाईज लिगमा भने उनले ७१ विकेट लिएका छन्। उनले तेस्रो ओभरको दोस्रो बलमा जगजित सिंहलाई पवन सरार्फद्धारा क्याच आउट गराउँदै टि–२० मा सय विकेट पुरा गरे। यसपछि पनि उनले थप दुई विकेट लिएका थिए। उनले दुई वर्षको अन्तरालमा सय विकेट पुरा गरेका हुन्। उनले सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली डेयर डेभिल्सका लागि रोयल च्यालेञ्जर्स बेङ्गलोरका पार्थिव पटेललाई पहिलो शिकार बनाएका थिए।
सन्दीपकाे काेशेढुंगा
नेपाल राष्ट्रिय टिम: ३१ विकेट (१८ खेल)
बिग बास लिग: २६ विकेट (२१ खेल)
क्यारेबिन प्रिमियर लिग: १५ विकेट(११ खेल)
आइपिएल (इन्डियन प्रिमियर लिग): १३ विकेट (९ खेल)
पाकिस्तान सुपर लिग: ११ विकेट (७ खेल)
बंगलादेश प्रिमियर लिग: ४ विकेट (६ खेल)
अफगानिस्तान प्रिमियर लिग: २ विकेट (१)