नेपाली विधार्थी न्युयोर्कमा भएको ‘फ्युचर वि वान्ट मोडल युनाईटेड नेसन्स–२०२०’ मा सहभागी

बिएल संवाददाता

न्युयाेर्क

कुपन्डोलमा रहेको नाईटिङ्गल स्कुलका विद्यार्थीले अमेरिकाको न्युयोर्कमा दिगो विकासको लक्ष्यमा आधार रहेर विभिन्न विषयमा अन्तर्राष्ट्रिय समुदाय सामु आफ्नो प्रस्तुति दिएका छन् ।

 ‘फ्युचर वि वान्ट मोडल युनाईटेड नेसन्स–२०२०’ कार्यक्रममा सहभागी भएका  विद्यार्थीले दिगो विकास लक्ष्यमा आधार रहेर बिभिन्न प्रस्तुति दिएका हुन्।  

नाईटिङ्गल स्कुलमा कक्षा ९ मा अध्ययनरत संस्कार ढकाल तथा सोही कक्षाकी रिभा खनालले वातावरणीय परिवर्तनले सिरियामा परेको प्रभावको विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

कक्षा ९ मा अध्ययनरत संस्कार ढकालले अन्तर्राष्ट्रिय सम्मेलनमा सयाैंको अगाडी बोल्दा आफूमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास बढेको बताए। विद्यार्थीको क्षमता विकास तथा अन्तर्राष्ट्रिय नेटवर्क बढाउनको लागि यस्तो भ्रमणले सहयोग पुग्ने उनले बताए।  

कार्यक्रममा एसिया, युरोप, अफ्रिका र अमेरिकालगायत करिब १ सय ३० देशका २ हजार ६ सय प्रतिनिधि सहभागी थिए। १० दिने कार्यक्रममा सहभागी हुन् अमेरिका पुगेका विद्यार्थीले अमेरिकास्थित नासा, हार्वर्ड युनिभर्सिटी लगायतका स्थानको अवलोकन समेत गरे । 
 

प्रकाशित मिति: : 2020-02-29 20:42:23

प्रतिकृया दिनुहोस्