‘प्रधानमन्त्रीका मन्त्रीहरूले दाम संकलन गर्ने पेशा अंगालेका छन्’ (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हिरा गुरुङले सरकारले जात फेरेको बताएकी छिन्।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा सांसद गुरुङले गत वर्ष प्रधानमन्त्रीले आफ्ना पार्टीका सदस्यलाई अरिंगाल बन्न सुझाएको प्रसंग निकाल्दै सरकार अरिंगालबाट मौरीमा फेरिएको बताए। 

‘अरिंगाल त मौरी पो भएछन्। मौरीले मह संकलन गरेजस्तै प्रधानमन्त्रीका मन्त्रीहरूले दाम संकलन गर्ने पेशा अंगालेका छन्,’ उनले भनिन्।

उनले सरकारको गतिविधि काम नभएर दाम मात्र संकलन गर्ने हो भनेर प्रश्न तेर्साइन्।
 

प्रकाशित मिति: : 2020-02-28 03:00:19

प्रतिकृया दिनुहोस्