लालबाबुकाे प्रश्न– डेढ वर्षदेखि नागरिकता विधेयक किन स‌ंसदमा अड्कियाे? (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नागरिकता विधेयक पारित नभएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक पारित नहुनुको कारणबारे सोधेका हुन्। 

नागरिकता विधेयक पारित नहुँदा नागरिकता प्राप्तीमा समस्या भएको उनले बताए। ‘बंशजको आधारमा नागरिकता पाउन नसकेर कतिपय विद्यार्थी पढाइबाट बञ्‍चित भएका छन्,’ उनले भने,‘ अंगिकृत नागरिकता पाएका सन्तानले बंशजको नागरिकता पाउने संवैधानिक व्यवस्था भएपनि अहिलेसम्म नागरिकता विधेय किन पारित भएन?’ 

डेढ वर्षदेखि नागरिकता विधेयक स‌ंसदमा अड्किएको उनले बताए। 

यसैगरी सांसद सरिताकुमारी गिरीले नागरिकता विधेयक छिटो पारित गराउन सरकारको ध्यानाकर्षण गराइन्। 

प्रकाशित मिति: : 2020-02-28 02:49:10

प्रतिकृया दिनुहोस्