शहीद पार्कमा अधिकारीको शालिक

ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ।

पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा अधिकारीको शालिक बनाइएको छ। पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतल अनावरण गरेका हुन्।

उनको शालिकको माथिपट्टी हेलिकप्टरको डमी पनि स्थापना गरिने छ। सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर रवीन्द्रको शालिक बनाएका हुन्। कलाकार तिलबिरलाई प्रमाणपत्रसहित माला लगाएर सम्मान पनि गरिएको थियो। 

अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।
 

प्रकाशित मिति: : 2020-02-28 01:58:55

प्रतिकृया दिनुहोस्