सन् १९५० मा चीनमा जन्मेकी भिर्गाेना ७० बर्षकी भइन्। उनी आफुलाई पुरानाे जमानाकी भन्न रुचाउँछिन् ४५ बर्षअघि इटालीकाे राेम सहर हुँदै अमेरिका छिरेकी उनी न्युयाेर्ककाे एउटा अपार्टमेन्टमा एक्लै बस्छिन्। उनी आफैंमा एक सिंगाे इतिहास हुन्। उनलाई भूगाेल, राजनीति, धर्म-संस्कृति, पर्यटन, कानून, खेलकूद, चराचुरुङ्गी, जनावरलगायत लगभग जीवन र जगतका धेरै बिषयमा जानकारी छ। कुनै प्रसंग निस्कनासाथ उनी हरेक बिषयकाे बारेमा आद्याेपान्त बताइ दिन थाल्छिन्। उनको यही अद्भूत ज्ञानले तीन बर्षयता म उनीतिर तानिएकी छु। साता दश दिनमा बाैद्दिक खुराककै लागि म उनीकहाँ जाने गरेकी छु।
अमेरिका त्यसमाथि पनि न्युयाेर्कमा बसेर दिनभर घण्टा हान्ने मजस्ता नयाँ आप्रवासीको शरीर थकित हुन्छ।ओछ्यानमा पल्टेर यसाे साेसियल मिडियामा मान्छेका गफ र गुगलमा समाचारका हेडलाइनमा आँखा घुमाउँदा घुमादै भुसुक्कै निदाई हालिन्छ। अर्काेदिन काममा जानै हतार। कुनै कुराकाे पनि गहिराे ज्ञान नै हुन पाउँदैन।जब म उनलाई भेट्न जान्छु, उनी पुराना धुलाे लागेका एक थाक एल्बम पल्टाएर उनकाे स्कुले साथीसंगी, गाउँका मानिस र परिवारका तस्बिर देखाउन थाल्छिन्।
फेसबुक र इन्स्टाग्राममा चहकिला तस्बिर हेरेर मनलागे लाइक गर्ने नत्र हेरेर मात्रै मनाेरञ्जन लिन अभ्यस्त भैसकेकी म पट्यार लागेपनि एल्बमका सबै तस्बिर पल्टाएर हेरेझै गरेर उनलाई एकछिन भएपनि खुशी पार्ने कोशिस गर्छु। पुरानो एल्बम मात्र हैन, उनकाे काेठामा धुलाे लागेकाे एउटा पुरानाे टेलिफाेनकाे सेट, भित्तामा थर्मामिटर र टिभी सेट पनि उत्तिकै पुराना छन्। ग्याजेटकाे नाममा उनीसँग भएकै यत्ति हाे ।यी बाहेक आफ्ना फाेटा, दैनिकी वा विविध विषय परिवार र साथीसंगीमाझ शेयर गर्ने कुनै पनि माध्यम उनीसँग छैनन्।
उनी एक महिनादेखि निक्कै तनावमा छिन्। तनावकाे कारण इटालीमा बस्ने भतिजोसँग फोनमा कुरा हुन नसक्नु हो। महिनामा सामान्यत: एकपटक कुरा हुने भतिजोसँग फाेन सम्पर्क हुन सकेकाे छैन।भिर्गाेनाले माेबाइल फाेन किनेकै छैन। उता, इटालीमा झण्डै उनकै उमेरको भतिजा पनि माेबाइल फाेन चलाउदैनन्।
भिर्गाेनाकाे अमेरिकामा काेही आफन्त छैनन्। भएका पनि सबै स्वर्गवास भैसके । बाँकि रहेको एउटै आफन्त भनेकै त्यही भतिजो हो, ऊसँग पनि टेलिफाेन सम्पर्क हुन सकेको छैन। दु:ख त लाग्ने नै भयो। सम्पर्क नहुनाकाे कारण सायद त्याे ल्याण्डलाइन टेलिफोन कम्पनी बन्द भएकाे वा बिग्रिएकाे हुनुपर्छ, उनलाई यस्तै लाग्छ।
मलाई याे अनेकन उल्झनमा फस्न मन छैन। म पुरानै तरिकाले पत्रपत्रिका पढ्छु, उपन्यास पढ्छु। मलाई फाेनमा कुरा गरेकाे पनि चित्तै बुझ्दैन। फेस-टु-फेस नै कुरा गर्नुपर्छ र हाउभाउ हेर्नुपर्छ।
माेबाइल फाेन नबाेक्ने मात्र हैन, भिर्गोना टिभीकाे माैसम समाचारमा पनि खासै विश्वास गर्दिनन्।भित्ताकाे पुरानाे तापमापक यन्त्रले देखाएकाे तापक्रम अनुसार नै चल्छिन् उनी। 'माैसमका नवपण्डितहरु बर्षमा अरबाै डलर पचाउँछन्। राम्राे रिसर्च गर्दैनन्। म टीभीकाे माैसममा खासै भर गर्दिन', उनी कुरा नलुकाई ठाडै भन्छिन्।
भिर्गोना बिहानकाे ४ बजे उठेर याेगा गर्छिन्, भगवानकाे प्रार्थना गर्छिन् र एक कप कालाे चिया पिएर पार्कमा घुम्न निस्कन्छिन्।दी न्युयाेर्क टाइम्सलगायतका आधा दर्जन पत्रपत्रिका बाकेर अपार्टमेन्ट फर्किन्छिन् र ब्रेकफास्ट खाँदै पत्रपत्रिका पढेर समाचारमा अपडेट हुन्छिन्। उनी लाइब्रेरी वा बुक शपमा गएर घण्टाै बिताउँछिन्। मनपरेका किताब पाए किनी पनि हाल्छिन्।
'म माेबाइल फाेन बाेक्दिन। फेसबुक, ट्वीटर चलाउन्न। त्यसैले मसँग आफ्ना लागि प्रशस्त समय छ', उनी भन्छिन्। हुन पनि उनलाई न बेला न कुबेला सेल्फी फाेटाे खिच्नु छ, न त पाेष्ट गर्नु नै; न त लाइक र कमेण्ट नै पर्खेर बस्नु छ।
भिर्गाेना जस्तै सिक्का पनि ७५ बर्षकी भइन् ।उनकी नातिनीले गत बर्षकाे जन्मदिनमा एप्पलकाे आइप्याड हातमा थमाई दिएर ह्याप्पी बर्थडे भनिन्।फ्लाेरिडामा बस्ने नातिनीले न्युयाेर्कमा रहेकी हजुरआमालाई युटुब हेर्न र केन्डिक्रस खेल्न भनेर उपहार दिए पनि उनले त्यो अझै चलाएकी छैनन्।
'मलाई याे अनेकन उल्झनमा फस्न मन छैन। म पुरानै तरिकाले पत्रपत्रिका पढ्छु, उपन्यास पढ्छु। मलाई फाेनमा कुरा गरेकाे पनि चित्तै बुझ्दैन। फेस-टु-फेस नै कुरा गर्नुपर्छ र हाउभाउ हेर्नुपर्छ,' उनी भन्छिन् ।
'समय मिल्याे भने बरु धागाे किनेर स्वेटर बुन्छु। दिदीबहिनीका साेफाका खाेल र पर्दा सिलाईं दिन्छु वा केही क्रिएटिभिटीमा लाग्छु। तर फेसबुकमा समय फाल्दिन' सिक्का अगाडि भन्छिन्, ' मेरालागि सबैभन्दा अनुत्पादक काम भनेकाे फाेन चलाएर समय बिताउनु हाे।'
हुन पनि उनी आफ्ना लुगा आफ्नै डिज़ाइनमा सिलाएर लगाउँछिन्।आफैंले बुनेको स्वेटरमा न्यानो हुन्छिन्।पर्दा, साेफाका खाेल र कुशन आफै सिलाउँछिन्। उनी पेशाले फ़ाइनैन्स एक्सपर्ट थिइन्, अहिले रिटायर्ड जीवन बिताइरहेकी छिन्। अझ पनि हिसाब गर्न उनलाई कुनै क्याल्कुलेटर चाहिंदैन।
मानिसहरु घरबाहिर जाँदा, ड्राइभ गर्दा हाेस् वा पसलमा सामान किन्दा जतिबेलै फाेनमा झुण्डिरहेको हुन्छन्। मोबाइल फोन समय बर्बाद गर्ने र तनाब दिने मेशिन मात्र हो।
'मैले जीवनमा खासै रेडिमेड लुगा किनेर लगाएकी पनि छैन। पाँच बच्चाबच्ची पनि हुर्काए। जागिरमा पनि सफल नै भएँ। साेसल मिडियामा लागेर अनसाेसल हाेइएला भन्ने डर छ। नयाँ मान्छेहरु देख्नासाथ मुसुक्क हाँसेर हाई/ हेल्लाे के छ खबर भन्नुपर्छ मलाई', सिक्का भन्छिन् ।
६० बर्षीय ईस्टुवर्ट पेशाले ईमिग्रेश वकिल हुन्। उनकाे साथमा पनि माेबाइल फाेन छैन। उनको घरमा र अफिसकाे टेबुलमा टेलिफ़ोन र पुरानाे डिज़ाइनकाे डेक्सटप कम्प्यूटर छ। पछिल्लाे समयमा एउटा ईमेल अकाउन्ट चाँहि उनले खाेलेका छन्।
'काम पर्नेले नम्बरमा फाेन गरिहाल्छन् र चिट्ठीपत्र मेलबक्समा आइहाल्छ, के को झन्झट गरिराख्ने ?', ईस्टुवर्ट प्रश्न गर्छन्। पछिल्लाे समयमा बाथरूम गएकाे कुरा पनि अरुलाई जानकारी दिने चलन आएको भन्दै हैरान हुन्छन्। मानिसहरु घरबाहिर जाँदा, ड्राइभ गर्दा हाेस् वा पसलमा सामान किन्दा जतिबेलै फाेनमा झुण्डिरहेको देख्दा उनलाई लाग्छ, मोबाइल फोन समय बर्बाद गर्ने र तनाब दिने मेशिन मात्र हो।
'मलाई लाेकप्रिय बन्नु नै छैन',उनी छाेटाे शब्दमा कुरा टुंग्याउँछन्।
हिन्डेल ५७ वर्षका भए । उनी पेशाले पाइलट हुन्। उनी पनि माेबाइलफाेन र ग्याजेटबाट टाढै बस्न रुचाउँछन्। उनलाई लाग्छ, पछिल्लाे समय साेसल मिडियाले मानिसलाई एकदमै अनसाेसल बनाएकाे छ। बसमा, प्लेनमा सडकमा जहाँ पनि मानिसहरु माेबाइल फाेनमै झुण्डिरहेका देख्दा उनलाई ताजुब लाग्छ। 'पहिला पहिला प्लेन चढ्दा मानिसहरु एक-अर्कासँग कुराकानी गर्थे, मित्रवत भावनाहरु साटासाट गर्ने गर्थे तर अचेल ग्याजेटमै झुण्डिरहने र एकले अर्को सहयात्रीको मुख पनि नहेर्ने दिन आएको छ, यसरी त कसरी सोसल भइएला र? हिन्डेल प्रश्न गर्छन्।
उनी अगाडि भन्छन्, ' यतिमात्र नभएर आफन्तहरुकाे घरमा भेटघाट गर्न जाँदा पनि बच्चादेखि बुढासम्म सबै माेबाइल फाेनमै झुण्डिने, काम विशेषले कसैसँग कुरा गर्न थाल्याे अनि उस्काे माेबाइलमा घण्टी बज्छ अनि घण्टाैसम्म साेफामा बसेर कुर्याे त्याे मान्छे अन्तिममा 'सरी है अर्जेण्ट कल थियाे' भन्दै गर्दा उस्काे मोबाइलमा अर्काे घण्टी बज्न शुरु भैसक्छ। त्यसैले मानिसहरु अर्काकाे भावना र समय दुबै नबुझ्ने अनि अनसाेसल हुँदै गएका छन्।'
भिर्गाेना र सिक्का पनि उनीहरुलाई जति मानिसहरु भेट्न भनेर आए पनि माेबाइल फाेन बाेकेर आउने र एक शब्द बाेल्न नभ्याइकन उनीहरुकाे खल्तीमा घण्टी ट्यार्र बज्न थाल्ने बताउँछन्। भिर्गाेना त मसँग कुरा गर्न मेराे कुरा सुन्न आएकी हाै भने पहिल्यै तिम्राे माेबाइल फाेन बन्द गर अनि मात्र म कुरा गर्छु भन्छिन्।
'मेराे असली दुनियाँ छ। म कहाँ आउँदा सकेसम्म माेबाइल लिएर नआऊ।साथमा भए स्वीचअफ गर।” उनी अर्काेतिर फर्किएर हॉस्दै भन्छिन् ।
तथ्यांकले अमेरिकामा ९६ प्रतिशत मानिसले कुनै प्रकारकाे माेबाइल प्रयाेग गरेकाे देखाउँछ भने ८१ प्रतिशतसँग स्मार्टफाेन भएकाे देखाउँछ।सन् २०११ मा ३५ प्रतिशत मानिसले मात्रै माेबाइल फाेन प्रयोग गर्थे।
माथि उल्लेख गरिएका पात्र भने पुरानाे टेलिफ़ोनमै रमाएर जिन्दगी बिताउने केही उदाहरणीय पात्र मात्र हुन्।मतलब उनीहरु नजानेर वा मोबाइल फोन किन्न नसकेर त्यसो गरिरहेका हैनन्, जानीबुझिकन मोबाइल फोन बिनाको दिनचर्या अभ्यास गरिरहेका प्रतिनिधि पात्र हुन्।
अहिलेकाे पुस्ता भाग्यमानी पुस्ता हाे र स्मार्टफोन र इन्टरनेट पछिल्लाे पुस्ताले पाएकाे प्रविधिकाे सुन्दर उपहार पनि हाे।यस्काे दुरुपयोग हैन, सदुपयोग गर र स्मार्टफोनभन्दा पनि स्मार्ट बन।'
हुन त न्युयाेर्ककाे टाइम्स स्क्वायर वा कुनै कफिसपमा वा क्याफेमा छिर्ने हाे भने, हातमा स्मार्टफाेन, ल्यापटप र कानमा एयरफाेन वा आईप्याड नभएका मान्छे पाउँन मुस्किल नै हुन्छ। अपवादलाई छोडेर हरेक मानिसका औला माेबाइलकाे बटनमा कुदिरहेकै हुन्छन्। नयाँ मोडलको ग्याजेट बजारमा भित्रिन पाएकाे हुँदैन, हरेक युवायुवतीका हातहातमा पुगिसकेकाे हुन्छ। लामाे लाइन नै किन बस्नु नपराेस् वा तीन फिटकाे हिउँ नै किन नपराेस्; उनीहरु ती सबै बाधा छिचाेलेर मलमा पुगेर नयाँ ग्याजेट किनेरै छाेड्छन्।
र, यिनीहरुकाे गफ गर्ने अड्डा अखडा भनेकै फेसबुक ,टि्वटरलगायतका सामाजिक सञ्जाल हुन्। जागीर, करियर, डेटिङ, रिसर्चलगायत सम्पूर्ण काम पनि माेबाईलबाटै गर्न भ्याउँछन्।
अमेरिका भन्नासाथ सबैका हात हातमा माेबाइल फाेन हुन्छ र फेसबुक इन्स्टाग्राम, भाइबर र ह्वाट्सएपमा विभिन्न देशमा बसोवास गर्ने आफन्त,साथीसंगी र नातागोतासँग सामाजिक सञ्जालमा कुरा गरेर वा फाेटाे पाेष्ट गरेर समय कटाउँछन भन्ने साेच्नु पनि गलत हाे।
बिशेष गरेर रिटायर्ड भएपछि मानिसहरुसँग प्रशस्त समय हुन्छ। तर, धेरैजसाे मानिसहरु नयाँ प्रबिधिकाे उपयाेग गरेर सामाजिक सन्जालमा जाेडिन नै चाँहदैनन्।
२००४ मा फेसबुक निगमको स्थापना भएपछि भने संसारमा सोसल मिडियाले धेरै अब्बल भूमिका खेलिरहेको छ ।आफ्ना तस्बिर, दैनिकी वा विविध विषय, परिवार र साथीसंगीमाझ शेयर गर्न सजिलाे भएकाे र अभिव्यक्ति स्वतन्त्रताको समेत भरपूर उपयाेग भइरहेकाे छ। तैपनि अमेरिकाकाे न्युयाेर्कजस्तो महानगरीमै भिर्गोनाजस्ता लाखौ मानिस छन् जो आफ्ना पुराना धुलाे लागेका एल्बमहरु पल्टाएर साथीभाई र परिवारका फाेटा देखाउने गर्छन्। पट्यार लागेपनि फाेटाे पल्टाएर हेरेझै गर्नुपर्छ।
संसारभरका तीन अर्ब मानिस अथवा विश्वको पूरा जनसंख्याको झण्डै ४० प्रतिशत मानिस सामाजिक सञ्जाल प्रयोग गर्छन् भने सन् २०१९ काे एक अध्ययन प्रतिवेदन अनुसार अमेरिकामा ७९ प्रतिशत जनसंख्याले साेसल मिडिया प्रयाेग गर्छन्। एक वर्षअघि २०१८ मा ७७ प्रतिशत जनसंख्याले साेसल मिडिया प्रयाेग गर्थे । सन् २००८ मा भने १० प्रतिशत अमेरिकी मात्र सोसल मिडियाको सञ्जालमा थिए।फेसबुक वा साेसियल मिडियामा नदेखिने मानिस गुमनाम जस्तै हुन्छ। तर, अमेरिकामा यस्तो गुमनाम जीवन बिताउने मानिसको संख्या ठूलो छ। यसको कारण चाहेर मात्र हैन कतिसँग माेबाइल फोन नभएर पनि हो। सुन्दा अचम्म लाग्छ, अमेरिकामा मोबाइल फोन किन्न नसक्नेको संख्या पनि सानो छैन। उनीहरूलाई सरकारले डिजिटल फोन फ्री दिने गर्छ।
रिचमण्ड ५० आफुले फाेन किन्न नसकेपछि सरकारि फाेनमा क्वालिफाइ भएर पाए ।कसैकाे मद्दतले फेसबुक अकाउण्ट बनाएर चिनेजानेकालाई साथी बनाएर फाेटाे अपलाेड पनि गरे ।लाइक र कमेन्टको बर्षा भयाे तर उनी आफैलाई भने फेसबुक नै चलाउन आएन। पछि पासवर्ड पनि बिर्से र उनी फेसबुकको संसारबाट बाहिरिए।
उनी भन्छन्, 'फाेन सानाे भएकाले मलाई चलाउन पनि आएन। यसले खासै फाइदा होला जस्ताे पनि लागेन।' फेसबुक चलाएको बेलाको कुरा सम्झदै उनी भन्छन्, 'फाेटाे अपलाेड गरेको दिन मध्यरातमा पनि कस्काे के कमेण्ट आयाे हाेला भन्ने मनमा लागि रह्याे।'
अहिलेकाे पुस्ता भाग्यमानी पुस्ता हाे र स्मार्टफोन र इन्टरनेट पछिल्लाे पुस्ताले पाएकाे प्रविधिकाे सुन्दर उपहार पनि हाे' भिर्गोना सुझाव दिंदै भन्छिन्, 'यस्काे दुरुपयोग हैन, सदुपयोग गर र स्मार्टफोनभन्दा पनि स्मार्ट बन।'