बिहीबार र शुक्रबार फाट्टफुट्ट पानी पर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन्। तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

बिहीबार र शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय छैन तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएकाे छ। काठमाडाैंमा बिहीबार र शुक्रबार घाम लाग्ने तर पर्सिदेखि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ। 

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १ गते (शुक्रबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १ गते (शनिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2020-02-27 20:56:56

प्रतिकृया दिनुहोस्