च्यातिएको लुगा र चप्पलसँग काठमाडौं छिरेका हाम्रो कसरी महल ठडियो- बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।

‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए?’, भट्टराईले प्रश्न गरे। उनले भने, ‘म लगायत हामी सबै हिजो त हामी त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौं। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिँडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गरेका छन्।

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै भट्टराईले भने, ‘सम्मानीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दाखेरी मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ। त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरू अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यों?’

अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौंमा महल बनाउने हैसियत नपुग्ने दावी गर्दै उनले भने, ‘म अलिकति गणितमा चाँसो राख्ने मान्छे पनि हुँ। अर्थमन्त्री पनि भइटोपलेको मान्छे । मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ । त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु ।’

प्रकाशित मिति: : 2020-02-27 07:12:18

प्रतिकृया दिनुहोस्