अध्यक्ष ओली राजी, राष्ट्रियसभामा बामदेवलाई पठाइने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई नै राष्ट्रियसभा सदस्य बनाउने भएको छ। बैठकले गौतमको नाम सिफारिस गरेपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए।

नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका थिए। तर, प्रधामन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले गौतमलाई नै राष्ट्रियसभामा पठाउने निर्णय भएको बिएल नेपाली सेवालाई बताए। ‘उहाँ (बामदेव गौतम)लाई नै राष्ट्रियसभा सदस्यमा पठाउने सहमति भएको छ,’उनले भने,‘ यसमा सबैको सहमति जुटिसकेको छ,उहाँ नै जानुहुन्छ।’

यसअघि प्रधानमन्त्री ओलीले निर्णय उल्टाए युवराज खतिवडालाई नै निरन्तता दिने बताएका थिए।

दुई वर्षअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल फागुन २० गते सकिँदैछ। नेकपा सचिवालयले उनको ठाउँमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा दख्खल राख्ने भएकाले पार्टी राजनीतिभन्दा बाहिर रहेका खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए।

पछिल्लो समयसम्म खतिवडाले अघिल्लो साता कमिसन काण्डमा गोकुल बाँस्कोटाले राजीनामा दिएपछि  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।

प्रकाशित मिति: : 2020-02-27 06:33:57

प्रतिकृया दिनुहोस्