माता सिताकाे जन्मस्थलकाे प्रचार गर्न अमेरिकामा ‘मिथिला महोत्सव’ गरिने

बिएल संवाददाता

न्यूयाेर्क

मिथिला क्षेत्रको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वलाई झल्काउने उद्धेश्यले अमेरिकाको न्यूयोर्क शहरमा ‘मिथिला महोत्सव’ हुने भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा न्यूयोर्क सिटी मेयर इमिग्रेन्ट अफिसले अप्रिल १२ देखि १८ सम्म महोत्सव गर्न लागेको हो।

संस्थापक अध्यक्ष अमित साह। 
भगवान श्रीरामको सीतासँग विवाहको कारण विश्वमै चर्चित यस क्षेत्रको सम्पदा चिनारी र अवस्थासम्बन्धी जानकारी गराउने उद्धेश्यले महोत्सव  गर्न लागिएको मिथिला महोत्सव अमेरिकाका संस्थापक अमित साहले जानकारी दिए। सो अवसरमा दिगो विकासका लागि कला शीर्षक अन्तरगत गरिबीरहित मिथिलासम्बन्धी कला प्रदर्शनी पनि गरिने बिएल नेपाली सेवालाई साहले जानकारी गराए। 


 

प्रकाशित मिति: : 2020-02-26 00:50:40

प्रतिकृया दिनुहोस्