कर्णालीमा जीप खस्यो, चालक बेपत्ता

कालिकोटको नरहरीनाथ गाउँपालिका–१ स्थित  जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार बिहान जीप कर्णाली नदीमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीकाअनुसार कर्णाली करिडोरको जिरने प्वाइन्टमा यात्रुलाई झारेर फर्किदा मोड्ने क्रममा दुर्घटना भएको हो।

प्रहरीकाअनुसार जीप चालक चक्रबहादुर खड्का बेपत्ता भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ भने जीप नदीबाट निकाल्ने काम भइरहेको छ।

प्रकाशित मिति: : 2020-02-26 00:39:32

प्रतिकृया दिनुहोस्