फेवातालमा डुङगा पल्टियो, दुईको उद्धार, एक जना बेपत्ता

पोखराको फेवातालमा डुङगा पल्टिँदा एक जना बेपत्ता भएका छन्। काठमाडौं महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन्। सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको भने उद्धार गरिएको छ। 

पोखरा महानगरपालिका १८ खपैदीस्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिँएको थियो। डुङगा पल्टिएको देखेपछि उद्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि जलार बेहोस भएपछि उनलाई शसस्त्र प्रहरीले उद्धार गरेको छ।उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भएको छ। 

हराइरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। तीन जना पोखरा घुम्नका लागि आएका थिए। डुङगा चढ्दा लाइफ ज्याकेट लाउनु पर्ने अनिबार्य भएपनि उनी नलगाई चढेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-02-25 07:03:59

प्रतिकृया दिनुहोस्