सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका– ४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेका छन् भने घाइते हुनेमा बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ रहेका छन्।
शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मेन लाइनमा झुक्किएर छुन पुग्दा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
पैदल शेर्पाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।