नेपाली महिला कामदारहरु खाडीमा ‘आधुनिक दास’ का रुपमा फस्दैछन्

पाँच महिनासम्म उत्पीडनमा परेकी अमीताले भाग्न जानेकी थिइनन् । यसरी कुवेतको एक सहरी क्षेत्रमा घरेलु कामदारका रुपमा काम गरिरहेकी ४५ अमीता (नाम परिवर्तन) लाई भोको राखेर दिनको २० घण्टासम्म जबरजस्ती काम गर्न लगाइन्थ्यो । 

उनी त्यस घरका सबै सुतेको मौका छोपेर शौचालयको झ्यालबाट बाहिर निस्केर भागेकी हुन् । त्यसपछि उनले कुवेतस्थित नेपाली दूतावास पनि फेला पारिन् । तर त्यहाँका कर्मचारीहरुले आफूलाई सुरक्षित रुपमा घर काठमाडौँ पुर्याइदिने उनको आशा भने बेकार बन्न पुग्यो । 

उनीहरुले मद्दतका लागि अस्वीकार गरेको अमीता बताउँछिन् । 

उनी भन्छिन्, “उहाँहरुले मलाई म जसरी नै रोजगारदाताको घरबाट भागेका धेरै महिलाहरु रहेको बताउनुभयो र विमानको टिकट शुल्क तिरिदिन नसक्ने भनेर पठाउनुभयो ।” 

तर पनि दूतावासका कर्मचारीहरुले अमीतालाई रोजगार सम्झौता उल्लंघन गरेको भन्दै पुलिससमक्ष आत्मसमर्पण गर्न सुझाव दिएका थिए । 
 

प्रकाशित मिति: : 2020-02-23 21:17:25

प्रतिकृया दिनुहोस्