जेनेभा उडेका परराष्ट्रमन्त्री ज्ञवाली बार्सिलोनामा !

बिएल संवाददाता

बार्सिलोना

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार बार्सिलोना आइपुगेका छन्। जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन स्विट्जरल्याण्ड आएका मन्त्री ज्ञवालीले स्पेनको पनि भम्रण गरेका हुन्।

नेपाली राजदूताबास स्थापनापछि नेपालको उच्चपदस्थ अधिकारी स्पेन आएको यो पहिलो पटक हो। मन्त्री ज्ञवालीको स्वागतका लागि शुक्रबार नै राजदूत दावाफुटी शेर्पा मड्रिडबाट बार्सिलोना आइपुगेकी थिइन्। 

 जेनेभामा मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठक सोमबारदेखि सुरु हुने हुँदा मन्त्री ज्ञवालीले २ दिनसम्म बार्सिलोनामा नै बिताउने भएका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीसँग एनआरएनए स्पेनले अन्तरक्रिया गर्ने भएको छ। उक्त कार्यक्रममा सहभागी बन्न  गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तको पनि उपस्थिति रहेको छ। अन्तरक्रिया कार्यक्रममा स्पेन र नेपालको कूटनीतिक सम्बन्ध बिस्तार,एनआरएनए नागरिकता विद्येयक, भम्रण बर्ष २०२० लगायतका बिषयहरुमा  छलफल हुने छ।

प्रकाशित मिति: : 2020-02-23 21:12:03

प्रतिकृया दिनुहोस्