मोरङको सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक विद्यालयदेखि उत्तरमा रहेको केरन्जा नजिकै मुसहर बस्ति छ। उक्त बस्तीमा ७० बर्षकी निसिदेवि ऋिषिदेव भान्जा कलशदेव ऋिषिदेवको १० घुर जग्गामा सानो घरमा बसछन्। घरमा उनी र उस्तै उमेर भएका उनका बुढा छन्। खाने एक दाना चामल समेत छैन, काम गर्ने जाउभने शरिरमा शक्ति छैन।
केही गर्ने उपाए नभएपछि उनीहरु भान्जाकै घरमा बसेर आफ्ननो नियमित गुजारो टार्दै आइरहेका छन्। उसको त यो एक ठुलो पीडा भने होइन। तर, यहीँ पीडाको माझमा एक पीडा थपिएको छ,नवजात शिशु। आभाव र पीडामा बाँचिरहेका बुढाबुढीको घरमा शिशुले त जन्म लियो तर, उनलाई जन्माउने आमा भने बाँच्न सकिनन्।
छोराको आँखा खुलेको केहीबेरमै आमाको आँखा बन्द हुन पुग्यो।
आमाको मृत्यु भएपछि दुई महिने दुधे शिशुको अहिले बिचल्ली भएछ। घरमा कमाउन जाने मानिस कोही नभएपछि बालकलाई कसरी हुर्काउने भन्ने कुराले परिवारलाई पिरोल्न थालेको छ। यही दुख देखे एक पत्रकारले। उनले तुरुन्तै क्यामेराको फ्रेममा उक्त दृष्य कैद गरे,र त्यो दृष्यले स्थानिय समाचारका माध्यहरुलाई पनि तान्यो। सबैतिर उक्त खवर समाचार माध्यमा छाप्पिन थाल्यो। खवर छाप्पिएपछि शिशुको परिवारलाई सहयोग गर्नेको जमात नै उर्लिएर आउन थाले।
एक समाजसेविले उक्त शिशुलाई सहयोग गर्ने मनशाय बनाए र लागे शिशुको घरतिर। मोरङको रतुवामाई नगरपालिका घर भएका हाल विराटनगर बसोवास गर्दे आएका समाजसेवि बलवाहादुर बस्नेतले बालकका हजुरआमा र हजुरबुवालाई भेटे। उनले शिशुको परिवारसँग उनीहरुको समस्या बुझेँ। उनीहरुले बताएअनुसार नै जिन्सी सामन सहयोग गरे।
उनले शिशुलाई ५ डिब्बा ल्याक्टो दुध,सानो झुल, लुगा, र बालकलाई दूध खुवाउनका लागि नगद २ हजार नगदसमेत प्रदान गरेका छन्। उनले यतिमात्रै सहयोग गरेका छैनन्। शिशुलाई पालनपोषण गर्ने हजुरआमा र बालाई दुई थान साडी ,५० केजि चामल ,१० केजी पिठो ,२० केजि आलु, हर्लिस, ५ केजि नुन, १० केजि दाल, झुल,५ लिटर खाने तेल, लगायतका सामाग्रीहरु बितरण गरे।
बस्नेतले आफूले विभिन्न अनलाइनमा खवर प्रसारण भएको देखेपछि बच्चाको दुःख बुझेर जिन्सी तथा आर्थिक सहयोग गर्ने ईच्छा पलाएको बताए।
ऋिषिदेवले सहयोग गरेकोमा बस्नेतलाई धन्यवाद दिए। ‘अहिले दुई महिने नातिनीलाई पालनपोषण गर्ने हम्मेहम्मे परेको छ,’ उनले भने,‘यसरी नै सहयोग गरे बालिकले राम्रो पालनपोषण पाउनेछ।’