रामपुर नगरपालिका–७ ले बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ। वडाभित्र बसोबास गर्ने गरिब तथा बुबाआमा नभएका साहराविहीन ६४ बालबालिकालाईपठनपाठनमा सहयोग पुगोस् भनी शैक्षिक सामाग्री सहयोग गरेको हो।
कापी कलम किन्न नसकेर केही बालबालिका नियमित विद्यालय नगएकाले पढाइमा हौसला प्रदान गर्न शैक्षिक सहयोग गरिएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए। 'गत वर्ष पनि वडाले शैक्षिक सामग्री सहयोग गरेको थियो' उनले भने।
वडाका सबै टोल बस्ती, विद्यालयमा पुगेर पढाइमा समस्या झेल्दै आएका गरिब, अभिभावकको साहराविहीन बालबालिका छनोट गरेर सामग्री सहयोग गरिएको कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले बताइन्। 'शैक्षिक सामग्री पाएपछि विधार्थी खुसी छन्' उनले भनिन्।
वडाले गरेको यस कार्यक्रमले विद्यार्थीमा पढ्ने उत्साह बढेको आधारभूत माविका प्रधानाध्यापक रुपनाथ गौतमको भनाई छ।