साझा पार्टीले माग्याे सञ्चारमन्त्रीको राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

साझा पार्टीले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा मागेको छ। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकृयामा ७० देखि ७४ करोडको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएपछि साझा पार्टीले बिहीबार विज्ञप्ति निकालेर मन्त्री बाँस्कोटाको राजीनामा मागेको हो।

‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बाँस्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ,’ प्रवक्ता सूर्यराज आचार्यले निकालेको विज्ञप्तिमा भनिएको छ।

साझा पार्टीले २०४६ सालयताका उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीको सम्पत्ति पनि छानविन गर्न माग गरेको छ।

साझा पार्टीले भनेको छ,‘अब अति भइसक्यो। आमजनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि जोडदार माग गर्दछ।’

प्रकाशित मिति: : 2020-02-21 00:48:40

प्रतिकृया दिनुहोस्