बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन्।
पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिएको उनले बताए।
राती भने देशभर सामान्य बदली रही पश्चिमका केहि भू–भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिने उनले बताए।
बिहीबारभन्दा शुक्रबार देशका धेरै ठाउँमा हिउँ र पानी पर्ने छ। शनिबारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् पौडेलको भनाइ छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०८ गते (बिहिबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ।
फागुन ०९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ।
फागुन १० गते (शनिबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाड का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।
रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ |