पछिल्लो समय नेपालमा एकआपसमा माया हुँदाहुँदै सम्वन्ध विच्छेद हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
वैवाहिक सम्बन्धमा बाँधिएका पुरूषहरुको मन नमिलेको खण्डमा सम्बन्ध विच्छेद गर्न पाउने नियम २०७५ भदौ १ पारित गर्यो। त्यो नियम आएको लगत्तै जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद गर्नेको संख्याहरुको पनि कम छैन।
अहिले कानुनले श्रीमानलाई समेत सहजै सम्बन्धविच्छेदको बाटो खोलिदिएपछि त झनै सम्बन्धविच्छेद गराउने क्रम बढेको छ। यसले परिवारमा विखण्डन बढाएको र बालबालिकालाई अभिभावकविहिन बनाएको छ।
यी मध्ये केही प्रतिनिधि घटना यहाँ प्रस्तुत गरिएको छ।
सुमन पौडेल वर्ष ४० दाङ
सानै उमेरमा साथीको लहैलहैमा लागेर १९ वर्षको उमेरमै सुमनले बिहे गरे।
विहे गरेको दुई वर्षपछि उनले सरकारी अफिसमा जागिर खाए।
उनकी श्रीमती रिता आफू भन्दा अलि टाठी बाठी र राम्री थिइन्।
सुरुमा उनीहरूको जोडी मज्जाले जम्यो।
बिहेको करिब ५ वर्षपछि रिता पढ्नको लागि आफू अष्ट्रेलिया जाने भनेर ढिपि कस्न थालिन्। सुमनले उनको कुरालाई काट्न सकेनन्। सबै चाँजो पाँचो मिलाएर उनले रितालाई अष्ट्रेलिया पठाए।
रिता अष्ट्रेलिया गएको एक वर्षसम्म पनि उनीहरूको सम्बन्ध राम्रो थियो।
तर, एक वर्षपछि रिता बिस्तारै परिवर्तन हुँदै गईन्। उनले सुमनलाई फोन गर्न छाडिन्। फोन आईहाल्यो भने पनि उनी एकदमै कम बोल्थिन्। विस्तारै रिताले सुमनलाई सम्पर्क गर्नै छाडिन्।
करिब २ वर्षपछि रिता नेपाल आईन्। तर, उनले सुमनलाई भेटिनन्। पछि मात्र थाहा भयो उनी अष्ट्रेलिया गएदेखिनै अरू कसैसँग लिभिङ टुगेदरमा बसेकी रहेछिन्।
त्यसपछि रिता र सुमनको सम्बन्ध नेपाल आएकै समयमा कानुनी रूपमा टुङ्गियो।
राजु अधिकारी वर्ष ३५ नुवाकोट ,
द्वन्द्वकालमा दाजुभाइ र दिदी गुमाएका राजु आफू पनि द्वन्द्वकालमा वर्षौ जंगलमा बिताए।
शान्ति सम्झौतापछि जंगलबाट फर्कदा घरमा आमा बुवा रोगले थलिएका थिए। द्धन्द्वको समयमा उनले कक्षा १२ पास गरेका थिए। त्यसपछि उनले आफ्नो पढाईलाई अगाडि बढाउन सकेनन्।
नुवाकोटको मान्छे राजधानीमै जन्मेहुर्केकी छिमेकिको छोरीलाई मन पराउन थाले। परिवारकै सहमतिमा विहे पनि भयो। तर, केटीका परिवार राजुलाई छोरी दिनुपर्दा खुसी थिएनन्।
नेपाली समाज, त्यसमा पनि धनी बाबुआमाकी व्याचलर पास गरेकी केटी। आमा बुवा बेखुसी भए पनि सोनु र राजु भने एकदम खुसी थिए।
माया प्रेमले मात्र जिन्दगी कहाँ सहज हुने रहेछ र? सोनुले जहिले पनि राजुलाई लुगा र गहनाको निहुँमा किचकिच गर्न थालिन्। भन्थिन्, ‘काठमाडौमा घर नबनाई त म ज्यान जाला बच्चा जन्माउदिनँ।’
सोनुले २,३ पटक पेटमा आएको बच्चा समेत फालिन्। सोनुको दिनप्रतिदिनको व्यवहारले राजु आजित भईसकेका थिए। उनी सधै भन्थेँ, ‘म गरिब भए भन्दैमा त्यसको सजाय पेटको बच्चालाई नदेउ। एक अर्का बिना बाच्नै नसक्ने भएर वाबुआमाको खुसीलाई लत्याएर विहे गरको यो जोडी धनी र गरिब बिचको विवादले कानुनी रूपमै छुट्टियो।
विशाल केसी वर्ष ३२ पाल्पा
छोरा पाउने आशमा लगातार तीन छोरी पछि बिशालको जन्म भएको हो।
बच्चैदेखि चित्र कोर्न रूचाउने उनि स्कुल पढ्दा सधै चित्रकलामा पहिलो हुन्थे। कक्षा आठमा पढ्दै गर्दा उनले आफूसँगै पढ्ने साथीलाई मन पराउन थाले।
आफुले मन पराएको केटीलाई नजिक बनाउन उनी सधै चित्र बनाउन सिकाउने बाहाना गर्थे।
स्मृति पनि चित्र बनाउन सिक्दा सिक्दै बिशालसँग नजिकिइन्। अन्ततः उनीहरूको मागि विवाह भयो।
स्मृति चित्रकलाको माध्यमबाटै देश विदेश घुम्न थालिन्। मानिसहरूसँग उनको सम्पर्क बढ्न थाल्यो। आफ्नो श्रीमतीको चित्रको माग आफ्नो भन्दा बढी भएपछि रोशन भित्रभित्रै चिढिन थाले।
उनीहरूबिच यस्तै यस्तै कुराले मनमुटाव हुन थाल्यो। काखमा सानो छोरा अनि रातदिनको किचकिच। जसको कारण स्मृति विस्तारै रोशनसँग टाढिन थालिन्।
रोशन स्मृतिलाई औधि माया गर्थे। तर, मायाले मात्र संसार थामिदो रहेनछ। स्मृति अधिकारको कुरा गर्थिन् रोशन कर्तव्यमा अडिग हुन्थ्यो। यसै मनमुटावले यो जोडी छुट्टियो।
यी माथिका त प्रतिनिधि पात्रा मात्र हुन्।
नेपालमा सम्बन्धविच्छेदलाई सरकारका तर्फबाट कानुनी मान्यता प्रदान गरेपछि यसको दर एक हिसाबमा ह्वात्तै बढेको अनुमान लगाउन सकिन्छ।अर्क तर्फ यस विषयका ज्ञाता तथा अधिकारकर्मीहरू महिलाहरूमा आएको सचेतना र शैक्षिक तहको वृद्धिका कारण उनीहरू हिंसा सहेर बस्न नसक्ने र आफ्नो अधिकारका लागि आवाज उठाउन सक्ने अवस्थामा पुगेकाले सम्बन्धविच्छेदको घटना बढेकोसमेत बताउँदै आएका छन्।
पछिल्लो समय नेपालमा एकआपसमा माया हुँदाहुँदै सम्वन्ध विच्छेद हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
वैवाहिक सम्बन्धमा बाँधिएका पुरूषहरुको मन नमिलेको खण्डमा सम्बन्ध विच्छेद गर्न पाउने नियम २०७५ भदौ १ पारित गर्यो। त्यो नियम आएको लगत्तै जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेद गर्नेको संख्याहरुको पनि कम छैन।
मुलुकी देवानि आंचार सहिंताको दफा ९४ मा पतिले पत्नीको इच्छा विपरित पनि सम्बन्ध विच्छेद गर्न पाउने अधिकार छ।
दफा ९४ मा पत्नी लगातार तीन वर्षसम्म अलग बसेमा ,अङ्ग भङ्ग हुने गरी पतिलाई कुटपिट गरेमा ,शारीरिक तथा मानसिक हिंसा गरेमा, अर्को पुरूषसँग यौन सम्बन्ध राखेको प्रमाणित भएको खण्डमा सम्बन्ध विच्छेद गर्न सकिन्छ।
पत्नी विरुद्ध पति अदालतमा गएर सम्बन्ध विच्छेद गर्न पाउने प्रावधान नेपालको ईतिहासमा पहिलो पटक हो। नेपालमा विसं २०७४/०७५ मा सम्वन्ध विच्छेद हुनेको संख्या ३५ सय २ रहेकोमा २०७५ देखि असार मसान्त सम्ममै सम्म ३ हजार पैतालिस पुगेको छ।
पछिल्लो समयमा वैवाहिक जीवनमा पुरूष पनि महिलाबाट धेरै पीडित हुने गरेको अधिवक्ता सहदेव पाण्डेले बिएल नेपाली सेवालाई जानकारी गराए।
सहदेवका अनुसार विवाहको नाटक गरि एउटा पुरुषसँग टन्न पैसा लिने र सम्बन्ध विच्छेद गर्ने एक वर्ष पछि अर्को केटालाई माया जालमा पारि विवाह गर्ने र टन्न पैसा लिने फेरि सम्बन्ध विच्छेद गर्ने एउटा ट्रेण्ड नै बनेको छ।
विभिन्न किसिमका टेक्नोलोजी प्रवृत्तिले अहिलेको युवा पुस्तामा नकारात्मक असर पुर्याएको उनको बुझाई छ।
अपरिचित व्यक्तिसँग ईमो, भाईवर, म्यासेन्जरमार्फत नजिक भएर परपुरूषसँग सम्बन्ध राख्दै हिड्ने, घरमा समयमा नआईदिने घरमा भन्दा घर बाहिर बस्न चाहने प्रवृत्तिले गर्दा पनि वैवाहिक सम्बन्ध धमिलिदै गएको उनले बताए।
अदालतमा आउने सबै पुरुष पीडित नै छन् भन्न नसकिने तर्क अधिवक्ता लक्ष्मी थापाले गरिन्।
‘एक वर्ष पहिलासम्म पुरुषले सम्बन्ध बिच्छेद गर्ने प्रक्रिया झन्झटिलो थियो। तर, अहिले त्यो सहज भएपछि पुरुषहरु सम्वन्ध बिच्छेद गर्न बढी आएका हुन्। यसमा महिला नै दोषि भएर मात्र नभई पुरुष स्वयंले पनि महिलालाई धोका दिएको हुन सक्छ’, उनले भनिन्।
बढ्दो वैदेशिक रोजगारीले यता घरपरिवार ध्वस्त पारेको छ। कतिको धन कमाउन परदेश हिँडेका श्रीमानहरू फर्कंदा आफ्नी श्रीमती पनि छैन र दुःख गरेर कमाएको सम्पत्ति पनि छैन। कति पुरूष पनि कहाँ कम छन् र ? विदेशमै परस्त्रीसँग सम्बन्ध राख्ने अनि यता घरकी श्रीमती छाड्ने क्रम पनि बढी नै देखिन्छ। घरेलु हिंसा, श्रीमान श्रीमतीबीचमा हुने अनमेल पनि सम्बन्धविच्छेदका प्रमुख कारण मानिन्छन्। सानै उमेरमा विवाह गर्ने र पछि बुझ्ने भएपछि पारपाचुके गर्ने पनि हाम्रो समाजमा धेरै भेटिन्छन्।