सिरी ए: रोनाल्डो बिनाको युभेन्ट्स शीर्ष स्थानमा

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिनाको युभेन्ट्स इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

१० खेलाडीमा सिमित ब्रेसियालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो।

आइतबार राति भएको खेलको पहिलो हाफको ३७ औं मिनेटमा फ्लोरिन आएले रातो कार्ड पाएपछि ब्रेसिया १० खेलाडीमा समेटिएको थियो। 

खेलको ३९ औं मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रत दिलाए । पहिलो हाफमा एक गोल गरेको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्यो।

७५ औं मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए।

जितसँगै २४ खेलबाट ५७ अंक जोडेको युभेन्ट्सले एक खेल कम खेलेको इन्टर मिलानलाई ३ अंकले पछि पारेको छ। पराजित ब्रेसिया रेलिगेशन क्षेत्रमा रहेको छ। उसकाे  १६ अंक छ।

प्रकाशित मिति: : 2020-02-17 11:19:45

प्रतिकृया दिनुहोस्