विश्व साहित्यमा कारागार साहित्यको विशिष्ट प्रभाव रहेको देखिन्छ। बडेबडे लेखकहरू राज्यसत्ताको कोपभाजनमा परी कारागारमा बस्नुपर्दाका समयमा जन्मिएका छन्। त्यहाँ उनीहरूले विश्वप्रसिद्ध साहित्य सिर्जना गरेका छन्। धेरै अगाडिको कुरा गर्ने हो भने प्रसिद्ध ग्रीसेली महाकाव्यकार दाँतेलाई नै लिन सकिन्छ। उन्नाइसौं शताब्दीमा फ्योदोर दोस्तोएब्स्की र अस्कार वाइडलाई कारागार साहित्यका मानक मानिन्छ।
हिटलरको आत्मकथालाई बीसौं शताब्दीको कारागार साहित्यको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ। सोही शताब्दीमा एन्तोनियो ग्राम्चीले कारगारमा रहँदाका टिपोटमार्फत् सांस्कृतिक प्रभुत्ववाद, धर्म, राज्य, नागरिक समाज, सांस्कृतिक पर्यावरण, राष्ट्रवाद आदिबारे गहनतम विचार प्रक्षेपण गरेको कुरा साहित्यशास्त्रदेखि सामाजिक शास्त्रसम्म बडो प्रभावशाली देखिएको छ। पछिल्लो शदीमा भारतका महात्मा गान्धी, जवाहरलाल नेहरूदेखि अफ्रिकाका नेल्सन मण्डेलासम्मका पुस्तकहरूको चर्चा हुने गर्छ।