गोक्योमा आइस हक्की र स्केटिङ

सगरमाथा  क्षेत्रको गोक्यो तालमा आइस हक्की र स्की स्केटिङ प्रतियोगिता शुक्रबार आयोजना गरिएको छ। नेपाल गन्तव्यको प्रबर्द्धन गर्ने र तत्काललाई भ्रमण वर्ष २०२० लाई सहयोग पुग्नेगरी आज प्रतियोगिता आयोजना गरिएको हो।

४७९० मिटर उचाईमा रहेको गोक्यो लेकमा अमेरिका, क्यानडा, रसिया र भारतका खेलाडीहरुले आइस स्केटिङ र आइस हक्की प्रतिष्पर्धा गरेका थिए्। यतिका उचाइमा उनीहरुको अनुभव पनि यो पहिलो हो। 

सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो।  रामसार क्षेत्रमा सूचीकृत गोक्यो हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ। यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मूख्य रोजाइको क्षेत्र पनि हो।

गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन्। सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ। 

यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको छ।

हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले जानकारी दिए। 


 

प्रकाशित मिति: : 2020-02-15 12:11:28

प्रतिकृया दिनुहोस्