चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज ट्रेलर सार्वजनिक गरिएको छ। फागुण २३ गतेबाट रिलिज हुने भनिएको यो चलचित्र अब एक साता पछि सरेको छ। यो चलचित्र अब फागुणको ३० गतेबाट रिलिज हुनेछ।

चलचित्रको ट्रेलरमा नायक पल शाह र नायिका पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ। सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको  चलचित्रमा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको पनि मुख्य भूमिका छ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको यो चलचित्रमा जन्मजय र साम्पाङ राई सह–निर्माताको रुपमा छन्। चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत छ।

प्रकाशित मिति: : 2020-02-14 05:35:56

प्रतिकृया दिनुहोस्