
बार्सिलोनाका कप्तान लियोनल मेसीको मूल्यमा गिरावट आएको एक अध्यनले देखाएको छ।
ट्रान्सफरमार्केट वेबसाइटका अनुसार यस समय मेसीभन्दा लिभरपुलका फरवार्ड मोहम्मद सलाहको मूल्यवान अधिक बढी देखिएको हो।
इजिप्टका खेलाडी सलाहको वर्तमान मूल्य १५० मिलियन यूरो बराबर पुगेको छ। यता अर्जेन्टिनी खेलाडी मेसीको मूल्य १४० मिलियन युरो बराबरको रहेको छ।
मेसीको मूल्य २०१८ मा १८० मिलियन यूरो रहेको थियो र अहिलेसम्म आइपुग्दा ४० मिलियन घटेर १४० मिलियन हुन पुगेको छ। यता सलाहको मूल्य भने बढेको देखिएको छ।
सलाहको तुलनामा मेसीले कम खेलेका भए पनि गोल र एसिस्ट भने उनकै नै धेरै देखिन्छ। मेसीले २६ खेलमा १९ गोल र १५ एसिस्ट गरेका छन्। भने सलाहले ३३ खेलमा १८ गोल र ९ एसिस्ट गरेका छन्।
सलाहले लिभरपुलको साथमा २०१८ मा च्याम्पियन्स लिग उपाधि जितेका थिए भने मेसीले २०१९ मा करियरको छैटौँ बालोन डि ओर जितेका थिए।
१ .
२ .
३ .
४ .
५ .