कोरोनाको नाम ‘कोभिड–नाइन्टिन’, ज्यान गुमाउनेकाे संख्या ११ सय नाघ्याे

चीनबाट सुरु भएको कोरोना भाइरसको नाम ‘कोभिड–नाइन्टिन’ राखिएको छ।

सोमबार चीन पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) को विज्ञ टोलीले औपचारिक रुपमा नयाँ कोरोना भाइरसको नाम राखेको हो। 

यस्तै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार १ सय ७ पुगेको छ। गएको २४ घण्टामा थप ९४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ हजार १ सय ७ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ।

यस्तै थप एक हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण भएपछि कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ४४ हजार एक सय ३८ पुगेको छ। 

त्यस्तै तीन हजार नौ सय ९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ। 

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको बताइएको छ  ।

प्रकाशित मिति: : 2020-02-12 19:42:09

प्रतिकृया दिनुहोस्