थाई सैनिकले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक थाई सैनिकले अन्धाधुन्ध गोली चलाउँदा २० जना व्यक्तिको मृत्यु भएको छ। घटनामा दर्जनौ घाइते भएका छन्।

ती आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेका थिए।. उनले आफ्ना कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेको बताइएको छ।

त्यसपछि हतियारसहितका ती सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरी जथाभावी गोली चलाएका थिए।

आक्रमणकारी भनिएका ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।

प्रकाशित मिति: : 2020-02-09 20:18:30

प्रतिकृया दिनुहोस्