अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाअभियोगबाट बचेपछि विजयोत्सव मनाएका छन्। उनले आफ्ना क्याविनेटका सदस्य, सिनेटर, सांसद र ह्वाइट हाउसका उच्च अधिकारीलाई सहभागी गराएर आयोजना गरेको पत्रकार सम्मेलनमै विजयोत्सव मनाएका हुन्।
विजयोत्सवमा उनले आफ्नो खुशी मात्र मनाएनन्, महाअभियोग लगाउने डेमोक्रेटलाई अति क्षुद्र शव्दमा गाली पनि गरे। उनले डेमोक्र्याटलाई ‘दुष्ट, स्वार्थी र बेकामे’ मानिस भने।
त्यतिमा मात्र सीमित नभइ अझ अगाडि बढेर उनले आफ्ना विरोधीलाई ‘क्षुद्र, घिनलाग्दा र खराब’ मानिस पनि भन्न भ्याए।
विजयोत्सवमा उनले आफ्नो खुशी मात्र मनाएनन्, महाअभियोग लगाउने डेमोक्रेटलाई अति क्षुद्र शव्दमा गाली पनि गरे। उनले डेमोक्र्याटहरूलाई ‘दुष्ट, स्वार्थी र बेकामे’ मानिस भने।
उनले आफूले कुनै गलत काम नगरेको बताउँदै सबै अमेरिकाको भलाइका लागि र अमेरिकी राष्ट्रपतिले गर्न पाउँने काम नै गरेको पनि बताए।
अमेरिकी इतिहासमा महाअभियोगबाट बचेका तेस्रो राष्ट्रपति भए पनि यस्तो अद्भूत विजयोत्सव मनाउने भने उनी पहिलो राष्ट्रपति भएका छन्। उनको यो विजयोत्सवलाई लिएर अमेरिकी जनमत ध्रुवीकृत देखिएको छ।
उनका समर्थले यसलाई २०२० को राष्ट्रपतिको जीतको पूर्वझल्को भनेका छन् । तर, उनका आलोचकले भने यो अमेरिकी शैली नभएको भन्दै ट्रम्पले अर्कै मापदण्ड सिर्जना गरेर अमेरिकालाई संसार सामु हसिमजाकको देश बनाएको भनेका छन्।